7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता आज देखि बंगलादेशमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओससँग प्रतिस्पर्धा गर्दैछ ।
खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगिताको अर्काे चरण प्रवेश गर्ने अभियानलाई सहज बनाउने योजनामा हुनेछ । बंगलादेश रहेको समूह ‘बी’ मा लाओस र फिलिपिनस रहेका छन् ।
डिफेन्डिङ च्याम्पियन नेपालले भने भोलि ताजिकिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । नेपाल र ताजिकिस्तानबीचको खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।
नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ ।
नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने बताएपनि टिमले उपाधिकै लागि खेल्ने जनाएका छन् । ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो । प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिव तीनमहिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताएका थिए ।
अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार डलमात्रै प्राप्त गरेपछि नेपालले पुरै पुरस्कार रकम नपाए प्रतियोगितामा सहभागिता नजाउने बताएका थिए । एन्फाले अल्टिमेटम दिएपछि बंगलादेश फुटबल फेडेरसनले तत्कालै पुरस्कारको रकम पुरा गरिदिएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित बनेको थियो ।
नेपालले अघिल्लो संस्करणमा च्याम्पियन बन्दा फाइनलमा बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको थियो । फाइनलमा बिमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । तीन जना खेलाडी अहिलेको टिममा पनि समावेश छ ।
नेपाली टोली सोमबार मात्रै बंगलादेश प्रस्थान गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]