default_image

7 years ago

October 1, 2018

‘रक्षापक्तिमा सुधार आवश्यक’ – मेस्सी

103 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपरस्टार एवंम् कप्तान लियोनल मेस्सीले आफ्नो टोलीले रक्षपक्तिमा व्यापक सुधार गर्नुपर्ने औल्याएका छन् ।

यदि त्यस्तो गर्न नसकिएको खण्डमा घरेलु वा युरोपियन उपाधि जित्नमा कठिनाई हुने उनको बझाई छ । मेस्सीको कप्तानमा बार्सिलोनाले सिजनको सुरुवात दमदार ढंगले गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेन ।

ला लिगाका ७ खेलको समाप्तीमा टोलीले ४ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार बेहोरिसकेको छ । चिर प्रतिद्वन्द्वि रियल म्याड्रिडसँग समान १४ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ ।

पछिल्ला खेलमा भइरहेको कमजोरीका विषयमा बोल्दै च्याम्पियन्स लिगमा टोटेनह्यामसँग हुने खेलमा रक्षापक्तिमा गल्ति गर्न नहुनेमा जोड दिएका छन् ।

‘लगातार रक्षापक्तिको कमजोर प्रदर्शनले निराशा बनाएको छ । हरेक खेलमा गोल खानु राम्रो होइन हामीले त्यसमा सचेत हुनैपर्दछ,’ मेस्सीले भने,‘ गत सिजन हामीविरुद्ध गोल गर्न कठिन हुन्थ्यो । तर अहिले त्यस्तो हुन सकेको छैन ।’

उनले टोटेनह्यामलाई बलियो टोलीका रुपमा उल्लेख गर्दै भने,‘ हामीले बुधबारको खेलका बारेमा सोच्नुपर्दछ । किनकी हामी निकै प्रतिस्पर्धात्मक टोलीविरुद्ध खेल्दैछौं । हामीले धेरै सुधार गर्न पर्नेछ भन्ने थाहा छ ।

टोलीको प्रदर्शनमा उचारचढाव रहेपनि मेस्सीको व्यक्तिगत प्रदर्शन भने स्तरीय रहँदै आएको छ । सिजनमा खेलेका ९ खेलमा उनले ८ गोल गरिसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.