default_image

7 years ago

October 1, 2018

बंगबन्धु कप : आयोजक बंगलादेशको विजयी सुरुआत

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले बंगबन्धु कपको उद्घाटन खेलमा लाओसलाई पराजित गरेको छ । सिल्हेट जिल्ला रंगशालामा भएको  पहिलो खेलमा बंगलादेश १-० ले विजयी रहयो ।

तस्बिर सौजन्य : स्टार

घरेलु टोलीका लागि बिप्लो अहमदले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षकको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यससँगै समूह ‘बी’ मा बंगलादेशले ३ अंक जोडेको छ ।

यस समूहको अर्को खेलमा लाओसले बुधबार फिलिपिन्सको सामना गर्नेछ ।  शुक्रबार हुने खेलमा बंगलादेश र फिलिपिन्स भिड्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल, ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

मंगलबार हुने खेलमा नेपालले ताजिकिस्तानको सामना गर्नेछ ।  नेपाली समयानुसार खेल साँझ ६:१५ बजे सुरु हुनेछ ।  नेपाली टोलीले आइतबार बंगलादेश पुगिसकेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.