7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले नेपालले फेरी एकपटक बंगबन्धु कपको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । नेपालले मंगलबार प्रतियोगिताको पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दैछ ।

कप्तान बिराजले प्रतियोगितामा लय समात्न पहिलो खेल निकै महत्त्वपूर्ण हुने बताए । ‘हाम्रो लागि पहिलो खेल निकै महत्त्वपूर्ण छ । प्रशिक्षणका क्रममा हामीले फिटनेस पक्षमा निकै जोड दिएका छौं । सुरुआती खेलमा ३ अंक निकै महत्त्वपूर्ण छ । हामीसँग जितको विकल्प छैन र त्यसको लागि नै खेल्ने छौ,’उनले भने ।
कप्तान महर्जनले नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भएका कारण केहि दबाब रहेको स्वीकारे । ‘ डिफेन्डिङ च्याम्पियन भएका कारण सबैले नेपाललाई सजिलो रुपमा लिने छैनन् । हामी आफैं केहि दबाब पनि छौं । हामीले त्यसैअनुसार तयारी पनि गरेर आएका छौं, उनले थपे, ‘बंगलादेश आएपछि आज प्रशिक्षण राम्रो भयो । फेरी बंगबन्धुको उपाधि नेपाल लग्ने इच्छा छ । यसका लागि सक्दो प्रयास गर्नेछौं ।’

नेपालले पछिल्लो संस्करणमा बहराइन यू-२३ लाई फाइनलमा पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो । माल्दिभ्सलाई सेमिफाइनलमा हराउँदा नवयुग श्रेष्ठले अविश्वसनीय ह्याट्रिक गरेका थिए । यसपटक भने नेपालको समूहमा तुलनात्मक रुपमा बलिया प्यालेस्टाइन र फिलिपिन्स रहेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]