default_image

7 years ago

October 2, 2018

मेसीलाई सन्यास लिन म्यारोडोनाको सुझाव

155 views

0 Bookmark

मेक्सिको (एजेन्सी)– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु पर्ने बताएका छन् । यसै वर्ष रसियामा सम्पन्न विश्व कपपछि बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।

अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । मेस्सीले विश्व कपमा १ गोल मात्र गर्न सकेका थिए । त्यहि कमजोर प्रदर्शनका कारण प्रशिक्षक जोर्जे साम्पोलीले पद त्याग्नु परेको थियो । अर्को तिर मेस्सीले पनि तत्कालका लागि राष्ट्रिय टोलीमा नरहने निर्णय लिएका थिए ।

विश्वकपपछि मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेल खेलेनन् । सन् २०१६ मा सन्यास घोषणा गरेका ३१ वर्षे मेस्सीलाई फेरि सन्यास लिन सुझाव दिएका छन् । त्यति बेला समर्थकहरुको चर्को दबाबपछि मेस्सीले सन्यास फिता लिएका थिए ।

‘म मेसीलाई के भन्न चाहन्छु भने फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ । सन्यास घोषणा गर,’ मेक्सिकन क्लब डोराडोसका प्रशिक्षक म्यरोडोनाले भने,’यू-१५ मा पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तिका कारण हुन्छ । जो जहाँ पराजित भएपनि त्यसको दोष सबै उनीमाथि जान्छ । त्यसैले म भन्छु । अब फर्केर नजाउ । ‘

म्याराडोनाले यसै सिजन मात्र मेक्सिकन टोलीको जिम्मेवारी सम्हालेका हुन् । उनले यसअघि सन् २०१० को विश्वकपमा पनि टोलीको प्रशिक्षकत्व सम्हालेका थिए । त्यसबेला अर्जेन्टिनालाई जर्मनीले हराउँदै विश्वकपबाट बिदा गरेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.