7 years ago
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार नेपाल र बंगलादेश भिड्दै छन् । दुवै टोलीले सुरुआती खेल जितेका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि रेखा पौडेल एक्लैले ७ गोल गरेकी थिइन् । अन्य गोल रश्मीकुमारी घिसिङ, मनिषा राउत, मन्जलीकुमारी योन्जन, सरु लिम्बु र एलिसा जिम्बाले गरेका थिए । निकै आक्रामक रणनीतिमा खेलेको नेपालले पहिलो हाफमा नै ६ गोल हानेको थियो ।
बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ । पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ भने बंगलादेश र नेपाल सेमिफाइनल पुगिसकेका छन् । यस खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ । खेल बराबरीमा सकिएको खण्डमा बंगलादेश समूह विजेता हुनेछ ।
प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् । सुरुआती दुई खेलमा भुटान र भारतले १-१ जित दर्ता गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]