default_image

7 years ago

October 2, 2018

बंगबन्धु कप : कस्तो छ रोहित र किरणबिना नेपाली टोली ?

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार बंगबन्धु कप अन्तर्गत पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । प्रतियोगिताका लागि नेपालले साफ च्याम्पियनसिपमा सहभागी टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ ।

राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टोलीमा छैनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त छन् । साफपछि किरणले टीसी स्पोर्ट्सको लागि एक खेल खेल्दै म्यान अफ द म्याच पनि पाइसकेका छन् । यता रोहितले पनि इन्डोनेसिया डर्बीमा गोल गरेका थिए । यद्यपी उनको टोलीले जित दर्ता गर्न भने सकेन ।

नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले यी दुई खेलाडीको स्थानमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी रहेका दुई खेलाडीलाई टोलीमा समेटेका छन् । गोलरक्षकमा मनाङ मर्स्याङदी क्लबमा आबद्ध रहेका विशाल श्रेष्ठ टोलीमा आएका छन् । नेपाल पुलिस क्लबका मिडफिल्डर तेज तामाङले रोहित को स्थान लिनेछन् । दुवै खेलाडी यसअघि एन्फाले साफका लागि घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश थिए ।

साफको तुलनामा नेपाली टोली केहि कमजोर नै देखिन्छ । किरणको अनुपस्थितिमा विकेश कुथु र एलन न्यौपानेमध्ये एकले गोलपोस्ट सम्हाल्नेछन् । त्यस्तै मिडफिल्डमा भने विशाल राईले सुरुआती रोजाइमा स्थान बनाउने प्रबल सम्भावना छ । साफ च्याम्पियनसिपको कुनै खेलमा मैदान प्रवेश गर्न नपाएका हेमन गुरुङ र हेमन्त थापामगर पनि आफ्नो स्थान बनाउने सुरमा हुनेछन् । तेज आफैं पनि मिडफिल्डमा केहि जिम्मवारी बहन गर्ने अवस्थामा हुन सक्छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दा जितको लक्ष्य लिएर मैदान उत्रने कप्तान विराज महर्जनले बताएका छन् । बिराज आफू सुरुआती रोजाईमा पर्ने सम्भावना पनि निकै कम छ । उनको स्थानमा दिनेश राजवंशीले पछिल्लो केहि खेल खेलेका थिए । डिफेन्समा अनन्त र आदित्यको जोडीलाई देवन्द्र तामाङले तोड्ने प्रयास गर्नेछन् । अर्को डिफेन्सका रुपमा सुमन अर्याल रहने छन् ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

नेपालको आक्रमणको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तिमगरको काँधमा छ । अन्जन विष्टलाई पनि प्रशिक्षकले चाहेको खण्डमा आक्रामक भूमिकामा उतार्न सक्छन् । सुनील बल पनि साफ च्याम्पियनसिपको प्रदर्शन दोहोर्याउने प्रयासमा हुनेछन् । दायाँ मिडफिल्डमा सुजल श्रेष्ठले नै सुरुआत गर्ने प्रबल सम्भावना छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.