default_image

7 years ago

October 2, 2018

रोनाल्डोविनाको युभेन्टस योङ ब्वाइजसँग खेल्दै

108 views

0 Bookmark

टुरिन (एजेन्सी) – युइएफए च्याम्पियन्स लिगमा आज राति इटालियन क्लब युभेन्टसले स्वीस क्लब योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको  घरेलु मैदान एलियन्ज स्टेडियममा राति १०ः४० बजेपछि शुरु हुनेछ ।

समूह ‘एच’ अन्तर्गतको खेलमा युभेन्टस् ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंक जोड्न नसकेको योङ ब्वाइज पुछारमा छ । यस्तोमा युभेन्टस् योङ ब्वाइजलाई पराजित गर्दै समूहमा लगतार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, युभेन्टस्सँग उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुने छैन । रोनाल्डो एक खेलको प्रतिबन्ध खेपिरहेका छन् । रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत नै अघिल्लो साता भ्यालेन्सियाविरुद्धको खेलमा सोझै रातो कार्ड खाएको थियो ।

यस्तै तर, युभेन्टस्सँग रोनाल्डो नभएपनि अन्य स्टार खेलाडीहरुको बाहुल्यता रहेको छ । मारियो म्यान्जुकिक, पाउलो डिब्याला, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची र एलेक्स सान्द्रो जस्ता स्टार खेलाडीको साथ रहेको छ । यस्तै भ्यालेन्सियाविरुद्धको खेलमा दुई गोल गरेका मिारलेम पिजानिक पनि युभेन्टस्सँग रहेको छ । इटालियन सिरी ‘ए’ मा उच्च प्रदर्शन गरिरहेको युभेन्टसले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी योङ ब्वाइजमाथि जित निकाल्न असहज हुनेछैन ।

यता, स्वीट्जरल्यान्डको योङ ब्वाइज आफ्नो दोस्रो खेलमा युभेन्टसलाई  स्तब्ध पार्दै समूहमा पलिो जितको खोजीमा मैदान उत्रनेछ । योङ ब्वाइज आफ्नो पहिलो खेलमा घरेलु मैदानमै ३–० ले पराजित भएको थियो । घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग भोगेको हारको बदला युभेन्टस्विरुद्ध लिने योजनामा योङ ब्वाइज हुनेछ । योङ ब्वाइज घरेलु लिका पछिल्ला तीन खेलमा अपराजित छ ।

यो समूहको अर्काे खेलमा आज राति समूहको शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र भ्योलेन्सियाबीच राति १२ः४५ बजे खेल हुनेछ । म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जित निकाल्दै समूह चरण पार गर्ने योजनामा हुनेछ । यता, स्पेनिस क्लब भ्यालेन्सिया समूहमा पहिलो जितको खोजीमा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.