default_image

7 years ago

October 2, 2018

‘परिक्षणमा सबै ठिक देखियो’– रुस्लान थ्री स्टार कप्तान विक्रम

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर मैदान फर्कने क्रममाा रहेका रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाले बैंकक एडेमी अफ स्पोर्टस एन्ड एक्सरसाइज मेडिसनमा आफ्नो परिक्षण गराएका छन् । परिक्षणका क्रममा शल्यक्रिया गरिएको घुँडाको हड्डीमा कुनै समस्या नरहेको विक्रमले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

बैंककमा रुस्लान थ्री स्टार क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठ (बायाँ) का साथ विक्रम लामा ।

‘सबै परिक्षणमा राम्रो छ । हड्डीमा कुनै समस्या छैन । अब मैले मसल बलियो बनाउनका लागि केहि मेहनत गर्नुपर्ने भनिएको छ,’ विक्रमले भने,‘ त्यसपछि म मैदानमा जान सक्छु । अनि मैले २/३ साता प्रशक्षण गर्नुपर्ने हुन्छ । ’

उनले अझै केहि दिन बैंककमै रहने जानकारी दिदै भने, अहिले जिम, पौडी र दौड गराइरहनु भएको छ । परिक्षणका लागि विक्रम असोज १२ गते बैंकक गएका थिए । फागुन २७ गते धरानमा बुढासुब्बा गोल्डकपको फाइनलका दौरान दायाँ खुट्टा भाचिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।

फागुन २८ गते चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो । शल्यक्रियापश्चात अहिले पनि उनको खुट्टामा स्टिल छ । क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा उनी बैंकक अस्पतालमा परिक्षणका लागि गएका हुन् । थाइल्यान्डबाट फर्केपछि विक्रमले लिग खेल्ने सम्भावना छ ।

उनकै कप्तानीमा क्लबले मोफसलका विभिन्न उपाधि जित्नुका साथै दुई वर्षअघि एएफसी कपको छनोट चरण पनि पार गरेको थियो । तर एन्फाको लापरवाहीका कारण क्लबले दोस्रो चरण भने खेल्न पाएको थिएन । विक्रमले एसियन कप छनोट दौरान राम्रो प्रदर्शन गरेका थिए । सन् २०१३ र २०१५ को साफ च्याम्पियनसिप खेलेका विक्रमले यस पटक बंगलादेशमा भएको साफ च्याम्पियनसिप गुमाएका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.