7 years ago
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ महिला च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेका दुई टोलीबीचको खेलमा नेपाल पराजित भएको छ । भुटानमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ ।
इन्जुरी समयको दोस्रो मिनेटमा गोल फर्काउँदै नेपालले पराजय अन्तरलाई घटाएको थियो । रश्मीकुमारी घिसिङले नेपालका लागि गोल गरेकी थिइन् । त्यसअघि मोसामत सिरात जोहान सोप्नाको गोलबाट १६ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । ३२ औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् ।
दुवै खेल जितेको बंगलादेश समूहको विजेता र नेपाल उपविजेता बनेका छन् । यसअघि नेपाल र बंगलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । पाकिस्तानलाई नेपालले १२–० र बंगलादेशले १७–० ले हराएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]