7 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २-० ले पराजित भएको छ । मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ ।

कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक बालगोपाल महर्जनले लेफ्ट ब्याकको भूमिकामा उतारेका थिए । पेनाल्टी क्षेत्रभित्र कर्नर डिफेन्ड गर्ने समयमा उनी दुखाइ बढेपछि मैदानमा नै ढलेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो । उनको स्थानमा प्रशिक्षक महर्जनले सुमन अर्याललाई मैदानमा पठाएका थिए ।
डिफेन्डर आदित्य चौधरी पनि चोटका कारण नै परिवर्तित हुनु पर्यो । विपक्षीले बल तान्न जाँदा उनलाई लडाएपछि जिउ भुइंमा परेका कारण उनको कुम दुखेको हो । आदित्यको स्थानमा देवेन्द्र तामाङ मैदान प्रवेश गरेका थिए । त्यस्तै खेलको २० मिनेट बाँकी समय रहँदा अनन्त तामाङ पनि चोट बोक्दै मैदान बाहिरीए । उनको तिघ्राको मांशपेसीमा केहि समस्या देखिएपछि फिजियोले उनलाई परिवर्तन गर्न सुझाव दिए ।

अनन्तको स्थानमा प्रशिक्षक महर्जनले भरत खवासलाई मैदानमा छिराएका थिए । नेपाल २-० ले पछाडी पारेको स्थितिमा भरतलगायत खेलाडीलाई आक्रामक रणनीति अपनाउन अगाडी बढाएका हुन् । तीनै खेलाडीको भिन्नै चोट भएका कारण सबैको रिपोर्ट आएपछि उनीहरुको स्थितिबारे भन्न सकिने बुझिएको छ । प्रारम्भिक जाँच हेर्दा आदित्यको चोट सामान्य देखिन्छ भने विराज र अनन्तले विश्राम लिने सम्भावना छ ।
नेपालले अर्को खेलमा प्यालेस्टाइनको सामना गर्दैछ । उक्त खेलका लागि प्रशिक्षक महर्जनले धेरै परिवर्तन गर्ने सम्भावना रहेको छ । मंगलबारको फितलो प्रदर्शनले पनि नेपालको अर्को चरण पुग्ने सम्भावना कमजोर भएको छ । नेपाललाई अर्को चरण पुग्न प्यालेस्टाइनविरुद्ध हार टारेर अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]