7 years ago
October 3, 2018
मस्को (एजेन्सी) – साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको दोस्रो खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियाल मस्कोसँग १–० ले स्तब्ध बनेको हो ।
मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिचले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।
रियालका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल मिल्न नसकेको फाइदा उठाउँदै मस्कोका निकोला भ्लासिचले डि–बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलमा १–० ले पछि परेपछि रियालले आक्रमक फुटबल खेल्दै गोलको लागि निरन्तर आक्रमण बुनिरह्यो । २९औं मिनेटमा क्यासमिरोको प्रहार क्रसबारमा लागेर फर्किला रियालले बराबरी गर्ने मौका गुमायो ।
४०औं मिेनटमा कप्तान करिम बेन्जेमाको प्रहार पनि बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा पनि रियालले मस्कोको पोस्टमा पटकपटक आक्रमण बुनेपनि गोल गर्न सफल हुन सकेन । ९०औं मिनेटमा मारियानो डियाजको प्रहार पनि बारका लागेर फर्कदा रियाल चुक चुकाउदै मस्कोसँग १–० ले स्तब्ध बन्न पुग्यो ।
रियालमाथि मस्कोको यो पहिलो जित हो । यसअघि मस्कोले रियालसँग १ बराबरी र १ खेलमा हार बेहोरेको थियो । खेलमा रियालले ७२ प्रतिशत बल पोजिसन राखेपनि गोल गर्न असमर्थ रह्यो । रियालले मस्कोको चुस्त र बलियो रक्षापङ्ति तोड्न सकेन ।
रियालमाथिको महत्वपूर्ण जितसँगै मस्को दुई खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोसँगको हारपछि रियाल ३ अंकसहति तालिकामा दोस्रो स्थानमा झरेको छ ।
मंगलबार राति नै भएको अर्काे खेलमा इटालियन क्लब रोमाले भिक्टोरिया प्जेजेनमाथि ५–० को फराकिलो जित दर्ता ग¥यो । रोमाको जितमा इडेन जेकोको ह्याट्रिक पुरा गरे । सेन्जिज अन्डर र जस्टिन क्लुइभर्टले समान १ गोल गरे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]