7 years ago
October 3, 2018
मस्को (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जी’ को खेलमा मंगलबार रियल म्याड्रिड सीएसकेए मस्कोसँग पराजित भएको छ । लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेर चौथो उपाधि पछ्याइरहेको रियलले १५ वर्षदेखि मस्कोमा कुनै खेल जित्न सकेको छैन ।

रियलले पछिल्लोपटक सन् २००३ मा जित दर्ता गरेको थियो । त्यसबेला कालो पन्जा र सेतो बुट लगाएका ब्राजिलियन रोनाल्डोले गोल गर्दै रियललाई जित दिलाएका थिए । त्यसबेला लुइस फिगोको क्रसमा हेडरमार्फत गोल गरेको क्षण धेरै रियल समर्थकलाई याद छ । त्यसयता रियलले मस्कोमा जित दर्ता गर्न सकेको छैन ।
मंगलबार इंग्लिस क्लब एभरटनबाट लोनमा मस्को पुगेका फरवार्ड निकोला भ्लासिचले गरेको गोल निर्णायक सावित भएको हो । यस पराजयसँगै रियलले पछिल्लो तीन खेलमा जित दर्ता गर्न सकेको छैन । सन् २००७ यता पहिलोपटक रियलले लगातार तीन खेलमा गोल गर्न नसकेको हो । फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लब छाडेर जानु र ग्यारेथ बेल चोटका कारण टोलीमा नहुँदा रियलको आक्रमण फितलो देखिएको थियो । अर्का मिडफिल्डर इस्को पनि एपेन्डिक्सका कारण उपलब्ध नहुँदा रियल समस्यामा पारेको हो ।

मस्कोले टोनी क्रुसको मिसपासलाई सदुपयोग गर्दै खेलमा अग्रता लिएको थियो । मिडफिल्डमा निकै प्रभावशाली प्रदर्शन गरेका क्रुसले सानो गल्ति गर्दा भ्लासिचले त्यसको भरपुर फाइदा उठाए । पछिल्लो सिजन एभरटनका लागि १९ खेल खेलेका फरवार्ड भ्लासिच सिजनको सुरुआतमा मस्को पुगेका थिए । उनले रियलविरुद्ध गोल गरेर जित दिलाउँदै समूहको समीकरण खुला पारेका छन् ।
खेलको सुरुआती मिनेटमा क्रुसले डिफेन्सबाट आएको बललाई त्यसैतर्फ फिर्ता दिन खोज्दा भ्लासिचले बल रोक्दै गोल गर्न सफल रहेका थिए । क्रुसको पास उनको खुट्टामा परेपछि भ्लासिचले एक टच गोलतर्फ बढाउँदै केलर नाभासलाई बचाउने कुनै मौका दिएनन् । पछाडी परेको केहि बेरमै रियलले खेल बराबरी गर्ने मौका पाएको थियो । तर क्रुसको प्रहारलाई गोलरक्षक इगोर अकिन्फीभले विफल तुल्याए ।

रियलले खेलदौरान दुई पटक पोस्टमा प्रहार गर्यो । मिडफिल्डर क्यासेमिरोले गरेको लामो दुरीको प्रहार पोस्टमा लागेको थियो भने फरवार्ड करीम बेन्जेमाको हेडर क्रसबारमा लाग्दै बाहिरिएको थियो । यद्यपी गोल गर्ने सुरमा आक्रामक देखिएको म्याड्रिड पटक पटक काउन्टर अट्याकमा पनि फसेको थियो । मस्कोका फेडोर सलोभले दुई पटक अवसर सदुपयोग गर्न नसक्दा अग्रता बढ्न सकेन । बल पोसेसनमा बलियो पकड बनाएको रियलले कुनै समय गल्ति गर्दा मस्कोको टोलीले सक्दो चाँडो काउन्टर अट्याकमा जाने रणनीति बुनेको थियो ।
एक गोलले पछाडी पाएको रियललाई पहिलो हाफको अन्त्यतिर थप समस्या पर्यो । डिफेन्डर ड्यानी कार्भाजल चोटका कारण मैदान बाहिरिनु पर्यो । यसैपनि सर्जियो रामोस, इस्को र बेलबिना उत्रिएको म्याड्रिडले निकै संघर्ष गर्नुपर्यो । मार्को एसेन्सियोले केहि अवार पाएपनि गोलरक्षकलाई बिट गर्न सकेनन् । अकिन्फीभले ड्यानी सेबालोसको प्रहार पनि बचाएका थिए ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]