default_image

7 years ago

October 3, 2018

बायर्न आयाक्ससँग बराबरीमा रोकियो

116 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मन च्याम्पियन बायर्न म्युनिख नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्र्तगतको समूह ‘ईं’ को दोस्रो चरणमा बायर्न आयाक्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । बायर्नका म्याट हमेल्स्ले गोल गर्दा आयाक्सका नोउसेर माज्राओइले बराबरी गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा आर्जे रोवनेको पासमा हमेल्स्ले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएको थियो । तर, २२औं मिनेटमा माज्राओइले डुसान टाडिकको पासमा बराबरी गोल फर्काएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

बराबरीपछि आयाक्स २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि म्युनिख गोल अन्तरमा दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले एइके एथेन्समाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै तीन अंक जोड्न सफल भयो । बेन्फिकाका हरिस सेफ्रोभिक, एलेक्स ग्रिमाल्डा, अल्फा सेमेडोले गोल गरे । एइकेका भिक्टोर क्लोनारिडिसले दुवै गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा १० खेलाडीमा समेटिएपनि बेन्फिकाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा रुवेन डियासले दोहोरो पहँेलो कार्ड खादै बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटिएको थियो ।

यसको फाइदा एइके एथेन्सले दुई गोल गर्दै उठाउने प्रयास गरेपनि असमर्थ रह्यो । अल्फाले गोल गर्दै बेन्फिकालाई ३–२ को महत्वपूर्ण जित निकाल्यो । जितपछि बेन्फिका ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । एइके भने अंकविहीन हुदै पुछारमा छ ।

च्याम्पियन्स लिगका अन्य खेलको नतिजा

टिएजी होफेनहेम विरुद्ध म्यानचेस्टर सिटी (१–)

युभेन्टस् विरुद्ध योङ ब्वाइज (–०)

लियोन विरुद्ध साख्तर डोनेक्स (२–२)

बायर्न म्युनिख विरुद्ध आयाक्स (१–१)

सिएसकेए मस्को विरुद्ध रियाल म्याड्रिड (–०)

रोमा विरुद्ध भिक्टोरिया प्लेजेन (–०)

म्यानचेस्टर युनाइटेड विरुद्ध भ्यालेन्सिया (०–०)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.