7 years ago
October 3, 2018
पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राती फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सर्वियन क्लब एफके सर्भेना भेज्दा (रेड स्टार) सँग प्रतिस्पर्धा गर्दैछ । खेल पिएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेसमा राति १०ः४० बजे सुरु हुनेछ ।
समूह ‘सी’ को पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलसँग ३–२ ले पराजित भएको पिएसजी समूहमा पहिलो जितको खोजीमा हुनेछ । यी दुई टोली कुनै पनि प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।
तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी रहेपनि रेड स्टारले इटालियन क्लब एसएस रोमालाई गोलरहित बराबरीमा रोकेका कारण पिएसजी रेडस्टारविरुद्ध सचेत भएर मैदान उत्रनेछ ।
पिएसजीसँग विश्वका महँगा स्टार ब्राजिली नेयमार, युवा स्टार केलियन एमबाप्पे, एडिन्सन काभानी र एन्जल डि मारिया जस्ता विश्वस्तरीय खेलाडी छन् । त्यसैले पिएसजी रेडस्टारविरुद्ध सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यता, पहिलो खेलमा इटालियन क्लब नपोलीलाई बराबरीमा रोक्न सफल भएको रेडस्टार पिएसजीलाई पनि रोक्ने रणनीतिमा हुनेछ । रेड स्टारले फ्रेन्च विपक्षी विरुद्धको पछिल्ला १० खेलमा जित निकाल्न सकेको छैन । त्यसैले पनि रेडस्टार फ्रेन्च क्लबलाई पराजित गर्दै इतिहास रच्ने दाउमा हुनेछ ।
यसै समूहमा आज राति १२ः४५ बजे इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब नपोलीको सामना गर्दैछ । लिभरपुल लगातार दोस्रो जित निकाल्दै समूहमा शीर्षता यथावत राख्न चहान्छ । यता, नपोली समूहमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]