7 years ago
October 4, 2018
पेरिस (एजेन्सी ) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा फरवार्ड नेयमारले ह्याट्रिक पूरा गरे ।

पहिलो खेलमा लिभरपुलसँग ३-२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । नेयमारले फ्रिकिकमा सिधै गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । बेलग्रेडका डिफेन्डर भुजादीन साभिचले नेयमारलाई फल गरेपछि प्राप्त फ्रिकिकमा उनी आफैंले गोल गरेका थिए ।
त्यसको दुई मिनेटमै नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३७ औं मिनेटमा एडिन्सन कभानीले पीएसजीको अग्रतालाई तीन गोलमा पुर्याए । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा एन्जल डी मारियाले उत्कृष्ट गोल गरे । उनले थोमस मुनिएरको क्रसमा ब्याकहिल गर्दै गोल गरेका थिए ।

दोस्रो हाफमा पनि पीएसजीले सुरुआतदेखि नै खेलमा पकड जारी राख्यो । युवा फरवार्ड किलियन एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५-० ले अगाडी बढाए । उनले एडिन्सन कभानीको पासको सदुपयोग गर्दै गोल गरेका थिए । बेलग्रेडका लागि जर्मन मिडफिल्डर मारको मारिनले ७४ औं मिनेटमा गोल फर्काए । उनले लोरेन्जो एबेचिलोको पासमा राम्रो गोल गरे ।
नेयमारले खेलको ८१ औं मिनेटमा दोस्रो फ्रिकिक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । एबेचिलोले उनलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि प्राप्त फ्रिकिकमा नेयमारले सिधै गोल गरेका थिए । यस जितसँगै च्याम्पियन्स लिगमा पीएसजीले अंकको खाता खोलेको छ । समूहमा पीएसजी र बेलग्रेडसँगै इटालियन क्लब नेपोली र इंग्लिस क्लब लिभरपुल रहेका छन् ।

जारी सिजन पीएसजीका लागि खेलेका १० खेलमा नेयमारले १० गोल गरेका छन् । उनले ह्याट्रिकसँगै च्याम्पियन्स लिगमा ३० गोल पनि पूरा गरे । उनी च्याम्पियन्स लिगमा गोल गर्ने ब्राजिलियन खेलाडीको सुचिमा काकासँग बराबरीमा छन् । उनको च्याम्पियन्स लिगमा यो दोस्रो व्यक्तिगत ह्याट्रिक हो । ब्राजिलियन खेलाडीमध्य उनीभन्दा बढी लुइज आड्रीयानोले ३ तथा आड्रीयानोले २ पटक ह्याट्रिक पूरा गरेका छन् । च्याम्पियन्स किग्मा उनको नाममा १९ असिस्ट छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]