default_image

6 years ago

October 4, 2018

मार्सेलो ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिर

रियो (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका मार्सेलोले राष्ट्रिय टोलीमा पनि उपलब्ध नरहेको जानकारी दिएका हुन् । ब्राजिलले अर्को साता हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबिया र अर्जेन्टिनाको सामना गर्दैछ । मार्सेलोले रियलका पछिल्ला दुई खेलमा सहभागिता जनाएनन् । उनले एटलेटिको […]

27 views

0 Bookmark

रियो (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका मार्सेलोले राष्ट्रिय टोलीमा पनि उपलब्ध नरहेको जानकारी दिएका हुन् ।

ब्राजिलले अर्को साता हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबिया र अर्जेन्टिनाको सामना गर्दैछ । मार्सेलोले रियलका पछिल्ला दुई खेलमा सहभागिता जनाएनन् । उनले एटलेटिको म्याड्रिडविरुद्ध गोलरहित बराबरी र मंगलबार भएको च्याम्पियन्स लिगमा सीएसकेए मस्कोविरुद्ध १-० को हारमा विश्राम लिएका थिए । उनको खुट्टाको चोटले गर्दा टोलीमा समावेश हुन नसकेको ब्राजिलियन फुटबल महासंघको वेबसाइटले जनाएको छ ।

ब्राजिलले अक्टोबर १२ तारिखमा साउदी अरेबियाको सामना गर्दैछ । त्यसको ४ दिन पछि अर्जेन्टिना र ब्राजिल आमनेसामने हुनेछन् । प्रशिक्षक टिटेले यस पटक मैत्रीपूर्ण खेलका लागि डिफेन्डर थियागो सिल्भा र विंगरद्वय डग्लस कोस्टा र विलियनलाई टोलीमा समावेश गरेका छैनन् । बार्सिलोनाका युवा विंगर माल्कम भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले डेब्यु गर्ने सम्भावना छ ।

रुसमा भएको विश्वकपमा क्वाटरफाइनलमा रोकिएको टोली अहिले युवा खेलाडी समेटेर अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ । ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको फाइनलमा पनि स्थान बनाउन सकेको छैन । २०१९ जुनमा सुरु हुने प्रतियोगिताको आयोजना ब्राजिल आफैंले गर्दैछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.