6 years ago
October 4, 2018
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती एन्टोइन ग्रिज्मनले दुवै हाफमा १-१ गोल गरेपछि एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गरेको छ । ग्रिज्मनले पहिलो हाफको १८ औं मिनेटमा सुरुआती अग्रता दिलाएपनि ब्रुजले हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो । अर्नाउट ग्रोनेभेल्डले ३९ औं मिनेटमा लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए । […]
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती एन्टोइन ग्रिज्मनले दुवै हाफमा १-१ गोल गरेपछि एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गरेको छ ।
ग्रिज्मनले पहिलो हाफको १८ औं मिनेटमा सुरुआती अग्रता दिलाएपनि ब्रुजले हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो । अर्नाउट ग्रोनेभेल्डले ३९ औं मिनेटमा लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा ग्रिज्मनले पुन: एटलेटिको लागि अगाडी बढाए । इन्ज्युरी समयमा कोकेले अर्को गोल गरेपछि एटलेटिकोको जित पक्का भएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा एटलेटिकोले जित दर्ता गर्न ग्रिज्मनको गोलको सहयता लिनुपरेको थियो । उनले डिएगो कोस्टाको पासमा गोल गर्ने बितिकै कोस्टा चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । यस जितसँगै एटलेटिकोले ब्रुजमाथि ६ खेलको अपराजित रेकर्ड बनाएको छ । ब्रुजले भने च्याम्पियन्स लिगको पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन ।
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]