7 years ago
October 4, 2018
एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत बुधबार ४ समूहका ८ खेल भए । यसक्रममा जितको अपेक्षा गरिएका ठूला टोलीमध्ये कसैले पनि स्तब्ध बन्नु परेन ।

समूह ‘सी’ को खेलमा ब्राजिलियन सुपरस्टार नेयमारले ह्याट्रिक गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्यो । पीएसजीको जितमा नेयमारले २ गोल सिधै फ्रिकिकमा गरेका थिए । अन्य गोल किलियन एमबाप्पे, एडिन्सन कभानी र एन्जल डी मारियाको नाममा रहयो ।
त्यसै समूहको अर्को खेलमा नेपोलीले लिभरपुललाई १-० ले हरायो । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए । यस समूहमा नेपोलीको ४ अंक छ भने पीएसजी र लिभरपुलको ३-३ अंक रहेको छ । बेलग्रेड १ अंक जोड्दै अंक तालिकाको पुछारमा छ ।

समूह ‘बी’ को खेलमा बार्सिलोनाले टोटेनहम हट्सपरलाई ४-२ ले पराजित गर्यो । बार्साको जितमा कप्तान लिओनेल मेसीले प्रभावशाली प्रदर्शन गरे । उनले दुई गोल गर्नुका साथै अन्य गोलमा पनि महत्त्वपूर्ण भूमिका खेले । बार्सिलोनाका लागि फिलिपे कोउटिन्हो र इभान राकीटिचले गोल गरेका थिए । स्पर्सका लागि ह्यारी केन र एरिक लामेलाले गोल गरे ।
समूहको अर्को खेलमा इन्टर मिलानले पीएसभीको मैदानमा २-१ को जित दर्ता गर्यो । पाब्लो रोसारियोको गोलमा घरेलु टोलीले अग्रता लिएपनि इन्टरले पहिलो हाफको अन्त्यमा बराबरी गोल फर्कायो । राड्जा नाइनगोलानले ४४ औं मिनेट र माउरो इकार्डीले ६० औं मिनेटमा गोल गर्दै इन्टरलाई जित दिलाए । समूहमा बार्सिलोना र इन्टरको ६-६ अंक छ भने स्पर्स र पीएसभी अंकविहिन छन् ।

समूह ‘ए’ मा एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गर्यो । एटलेटिकोको जितमा एन्टोइन ग्रिज्मनले २ तथा कोकेले १ गोल गरे । अर्को खेलमा बोरुसिया डर्टमुन्डले एएस मोनाकोलाई ३-० ले हरायो । बोरुसियाको जितमा जेकाब लार्सन, पाको अल्कासेर र मारको रिउसले १-१ गोल गरे । सुरुआती दुई खेल जितका बोरुसिया र एटलेटिको ६-६ अंकसहित शीर्ष दुई स्थानमा छन् ।
समूह ‘डी’ मा साल्काले लोकोमोटिभ मस्कोलाई १-० ले पराजित गर्यो । ८८ औं मिनेटमा वेस्टन मकेनीले गरको गोल निर्णायक सावित भयो । अर्को खेलमा पोर्टोले गालाटासरेलाई १-० ले नै हरायो । दोस्रो हाफको सुरुआतमा मौसा मरेगाले पोर्टोको लागि विजयी गोल गरेका हुन् । पोर्टो र सल्का ४-४ अंकसहित शीर्ष स्थानमा छन् भने गालाटासरेको ३ अंक छ ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]