6 years ago
October 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्गत नेपाल रहेको समूह ‘ए’ को दोस्रो खेलमा प्यालेस्टाइनले ताजिकिस्तानलाई २-० ले पराजित गरेको छ ।
खेलको पहिलो मिनेटमा जोनाथन जोरिल्लाले ओडे दब्बगको पासको सदुपयोग गर्दै खाता खोलेका थिए । ७५ औं मिनेटमा बहदारीले गोल गर्दै प्यालेस्टाइनको अग्रता दोब्बर पारे । यस जितसँगै समूहको अंक तालिकामा प्यालेस्टाइन शीर्ष स्थानमा उक्लेको छ ।
समूहको पहिलो खेलमा ताजिकिस्तानले नेपाललाई २-० ले नै पराजित गरेको थियो । दुवै समूहबाट शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछन् । नेपालले अब सेमिफाइनलमा पुग्न शनिबार हुने खेलमा प्यालेस्टाइनलाई कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ । हार वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]