default_image

7 years ago

October 4, 2018

चर्चामा मेसी र नेयमार

155 views

0 Bookmark

पेरिस (एजेन्सी)– च्याम्पियन्स लिगमा बुधबार बार्सिलोनाका लियोनल मेस्सी चर्चामा रहे । टोटेनह्यामलाई बार्सिलोनाले ४–२ ले हराउँदा मेस्सीले २ गोल गरे ।

मेसीका पूर्व सहकर्मी पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि कम चर्चामा थिएनन् । त्यसको पनि कारण थियो । पिएसजीले रेड स्टार बेलग्रेडलार्ई ६–१ ले हराउँदा ब्राजिलियन स्टारले ह्याट्रिक प्रहार गरे । ह्याट्रिक गरेपछिको एउटा परम्परा नै छ । ह्याट्रिक गर्नेले बल घर लान पाउछन् । त्यहि ह्याट्रिक गरेको बल लिएर प्रेमिका ब्रुना मार्गुइजिनसँग खिचाएको तस्बिर नेयमारले इन्स्टाग्राममा राखेका थिए ।

नेयमारले सुरुवाती २ गोल पहिलो हाफमै गरेका थिए । तेस्रो गोल खेलको अन्त्यतिर गरेका थिए । ३ मध्ये दुई गोल उनले फ्रिकिकमा गरेका थिए । सन् २००९ मा क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगको एकै खेलमा फ्रिकिकमार्फत २ गोल गर्ने नेयमार पहिलो खेलाडी बनेका छन् । नेयमार त्यो गोलपछि काकासँगै च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने काकाको कीर्तिमानसँग बराबरी गरेका छन् । उनले च्याम्पियनस लिगमा ३० गोल गरिसकेका छन् । उनको खेल जीवन अझै लामो छ ।

च्याम्पियन्स लिगका ४९ खेलमा नेयमार ४९ गोलमा भूमिाका निर्वाह गरेका छन् । नेयमार र उनकी ब्राजिलियन कलाकार प्रेमिकाले हस्ताक्षर गरिएको बलसहितको फोटो नेयमारको इस्न्टाग्राममा राखेका छन् । पहिलो खेलमा लिभरपुलसँग पराजित पिएसजी पछिल्लो जितसहित समूह चरणको अघिल्लो चरणमा पुग्ने दौडमा फर्केको छ ।

जितपछि पिएसजी समूहको तेस्रो स्थानमा छ । नेपोलीले लिभरपुलाई पराजित गरेपछि पिएसजी र लिभरपुलको सामान ३ अंक छ । शीर्षस्थानको नेपोलीको ४ अंक छ । रेड स्टारको १ अंक छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.