7 years ago
October 5, 2018
लिस्बोन (एजेन्सी) – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो अक्टोबरमा पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने पोर्चुगेली टोलीमा परेका छैनन् ।
सेप्टेम्बरमा क्रोएसियाविरुद्धको खेलमा विश्राम पाएका रोनाल्डोलाई पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले अक्टोबरमा हुने खेलहरुको लागि पनि नखेलाउने निर्णय लिएका छन् । रोनाल्डोले पोर्चुगलबाट १ सय ५४ खेलमा ८५ गोल गरि सकेका छन् ।
प्रशिक्षक सान्तोसले लामो समय रियल म्याड्रिडमा विताएका रोनाल्डोलाई युभेन्टसमा आबद्ध भएपछि वरपरको वातावरणसँग घुलमिन हुन समय दिंदै राष्ट्रिय टोलीबाट विश्राम दिएको जनाएका थिए । पोर्चुगलले अक्टोबर ११ मा यूईएफए नेसन्स लिगमा पोल्याण्डविरुद्ध खेल्दैछ भने १४ अक्टोबरमा स्कटल्याण्डविरुद्ध मैत्रीपूर्ण खेलमा उत्रदैछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]