default_image

6 years ago

October 8, 2018

शानदार एमबाप्पे!

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले आइतबार लियोनविरुद्ध ४ गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । लगातार नवौं जित दर्ता गर्दै फ्रान्सेली च्याम्पियनले लिगमा नयाँ कीर्तिमान नै कायम गर्यो । प्रशिक्षक थोमस टुचेलले ८२ वर्ष पुरानो कीर्तिमान आफ्नो नाम गरे । सन् १९३६ मा ओलम्पिक लिल्लोइसले राखेको लगातार ८ जितको कीर्तिमान आइतबारको जितसँगै भंग […]

30 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले आइतबार लियोनविरुद्ध ४ गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । लगातार नवौं जित दर्ता गर्दै फ्रान्सेली च्याम्पियनले लिगमा नयाँ कीर्तिमान नै कायम गर्यो ।

प्रशिक्षक थोमस टुचेलले ८२ वर्ष पुरानो कीर्तिमान आफ्नो नाम गरे । सन् १९३६ मा ओलम्पिक लिल्लोइसले राखेको लगातार ८ जितको कीर्तिमान आइतबारको जितसँगै भंग भयो । पीएसजीले खेलको नवौं मिनेटमा नेयमारको पेनाल्टीबाट अग्रता लिएको थियो । खेलको आधा घण्टा नबित्दै पीएसजीका प्रेस्नेल किम्पेम्बेले रातो कार्ड खाएपछि लियोनले खेलमा फर्कने आशा राखेको थियो । तर लियोनका लुकास तोउसार्टले पनि रातो कार्ड खाएपछि खेलाडी बराबरी भए ।

त्यसपछि एमबाप्पेले १३ मिनेटको अन्तरमा ४ गोल गर्दै पीएसजीको जित पक्का गरे । पछिल्लो सात सिजनमा छैटौं उपाधि जित्ने लक्ष्य राखेको पीएसजी दोस्रो स्थानको लिलभन्दा ८ अंक अगाडी पुगिसकेको छ । लियोनले खेलमा निकै खराब सुरुआत पाएको थियो । उसको मुख्य खेलाडी नाबिल फेकिर सातौं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

लगत्तै लियोनका गोलरक्षक एन्थोनी लोपेसले एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र लडाएपछि पीएसजीले पेनाल्टी अवसर पायो । नेयमारले उक्त पेनाल्टीलाई सिजनको ११ औं गोलमा परिणत गरे । पहिलो हाफमा पीएसजीले थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रहयो । जसकारण पहिलो हाफको स्कोर १-० मा नै सिमित भयो ।

दोस्रो हाफको ६१ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । उनले प्रहार गरेको सट दुवै पोलमा लाग्दै गोल हुन पुगेको थियो । लगत्तै उनले मार्किन्होसको पासमा पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा गोल गरे । एमबाप्पेले नेयमारको पासमा चिप गोल गर्दै ह्याट्रिक पुरा गरे र त्यसको केहि बेरमा नै चौथो गोल पनि गरे ।

फ्रान्सको राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप विजेता बनेका एमबाप्पेले पीएसजीमा नेयमारलाई नै छायाँमा पर्न थालिसकेका छन् । उनले कलिलो उमेरमा नै थुप्रै कीर्तिमान आफ्नो नाम गरिसकेका छन् । अब्बल फरवार्डको रुपमा विश्व फुटबलमा पहिचान बनाएका उनले यस सिजन च्याम्पियन्स लिग जित्ने धोको रहेको बताउँदै आएका छन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.