7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लब भिड्दैछन् । दुई खेलपछि स्थगित भएको लिगको तेस्रो खेलसँगै लिग फुटबल सुचारु हुन लागेको हो ।

पछिल्लोपटक ए डिभिजन लिग हुँदा मछिन्द्रको टोली निकै बलियो थियो । लिगको पहिलो चरणमा छैटौं स्थान हासिल गरेको टोलीले सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता नै बनेको थियो । यसपटक भने टोलीले युवा खेलाडी समेट्दै औसत टोली बनाएको छ । टोलीमा अनुभवी विशाल राई ‘ए’ सँगै केहि शीर्ष डिभिजनको अनुभव बोकेका खेलाडी समेटेको छ ।
प्रशिक्षक धनेश्वर प्रजापति पनि पहिलोपटक कुनैपनि स्तरमा सिनियर टोलीको प्रशिक्षण सम्हाल्दै छन् । उनले पहिलो खेलमा च्यासलविरुद्ध कुनै दबाबमा नरहने बताए । ‘हामी शत प्रतिशत दिएर खेल्नेछौं । च्यासलविरुद्ध छोटो समयको तयारी भएपनि राम्रो खेल्नेमा विश्वस्त छु । हामीले बलियो च्यासलविरुद्ध टोलीलाई हेरेर रणनीति बनाएका छौं,’ उनले भने ।

च्यासलले राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर हेमन्त थापामगर र डिफेन्डर देवेन्द्र तामाङलाई टोलीमा समावेश गरेको छ । यसबाहेक टोलीमा विंगर अमिर श्रेष्ठ, गोलरक्षक दिनेश थापामगर लगायत घरेलु फुटबलमा चलेका नाम छन् । मछिन्द्रका प्रशिक्षक प्रजापति च्यासललाई दबाब हुने कारण त्यसको फाइदा उठाउने प्रयास गर्ने बताए ।
‘विपक्षी टिममा राष्ट्रिय टिमका खेलाडीहरु रहेपनि दबाब लिने छैनौं । हामीलाई भन्दा उनीहरुलाई बढी दबाब हुनेछ । हामी हाम्रो आफ्नै रणनीतिमा खेल्नेछौं । टोली मानसिक रुपमा तयार छ । जित्नका लागि खेल्नेछौं । च्यासलविरुद्ध अंक नगुमाउने हाम्रो योजना हुनेछ,’ मछिन्द्रका प्रशिक्षकले भने ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]