default_image

7 years ago

October 9, 2018

‘राम्रो सुरुवात गर्ने अपेक्षा छ’ – च्यासल प्रशिक्षक शाक्य

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युवा क्लबका प्रशिक्षक राजुकाजी शाक्यले मछिन्द्रविरुद्ध लिगको पहिलो खेलमा सुखद सुरुवात लिने अपेक्षा गरेको बताएका छन् । बंगबन्धु कपका कारण दोस्रो खेलपछि स्थगित भएको लिग बुधबार सुचारु हुँदैछ ।

लिगको पहिलो खेलमा च्यासलले मछिन्द्रको सामना गर्दैछ । यसअघि भएको राष्ट्रिय लिगमा शाक्य मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक थिए । उपाधि छिनोफानो हुने अन्तिम खेलमा थ्री स्टारसँग २-० ले पराजित भएपछि मनाङ उपाधिबाट बन्चित भएको थियो । घरेलु फुटबलमा शाक्य अझैपनि लिग उपाधि पछ्याइरहेका छन् । उनले केहि वर्षअघि मछिन्द्रको पनि प्रशिक्षण सम्हालेका थिए ।

प्रशिक्षक शाक्य आफ्नो टोली राम्रो भएकाले सुखद सुरुवात गर्ने अपेक्षामा छन् । ‘पहिलो खेल सधैं कठिन हुन्छ । विपक्षीको बारेमा खासै धेरै जानकारी हुँदैन । तर पनि हामी राम्रो सुरुवातको आशामा छौं,’ उनले भने,  ‘राष्ट्रिय टोलीका खेलाडी हिजोबाट बल्ल अभ्यासमा सामेल भएका छन् । टोली उत्साहित छ । सफल नतिजाको अपेक्षा गरेका छौं ।’

टोलीमा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर हेमन्त थापा मगर र डिफेन्डर देवेन्द्र तामाङ रहेका छन् । घरेलु फुटबलमा चलेका नाम पनि टोलीमा सम्मिलित छन् । मछिन्द्रमा युवा खेलाडीको बाहुल्यता रहेकाले पनि च्यासल बलियो देखिन्छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो ३ बजे सुरु हुनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.