7 years ago
October 12, 2018
काठमाडौँ – गत वर्षको दशैंदेखि यस बर्षको दशैंसम्म नेपाली खेलकुदमा थुप्रै उथलपुथल भए । क्रिकेटले यो वर्ष केहि ठूला सफलता प्राप्त गर्दा केहि महत्त्वपूर्ण अवसर गुमायो । फुटबलको लागि यो वर्ष खासै उपलब्धिमूलक हुन सकेन । उल्टै मुखैमा आएको सफलता पनि फुस्कियो । अन्य खेलमा पनि सफलता भन्दा असफलता नै बढि रह्यो ।

नेपाली खेल जगतमा यो वर्ष केहि खेलाडी निकै चर्चाको शिखरमा पुगे । उनीहरुलाई यसै कसैले चर्चाको शिखरमा भने पुर्याएका होइन । खेलमा गरेको उत्कृष्ट प्रर्दशनले नै उनीहरुले चर्चाको शिखर चुमेका हुन् । गत वर्षको दशैंदेखी यो दशैं सम्म सर्वाधिक चर्चा र सफलता हात पार्ने क्रिकेटका सन्दीप लामिछाने पहिलो नम्बरमै रहे । सन्दीप मात्र होइन यो पछिल्लो वर्ष अन्य खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गरे । गएको दशैंदेखी यो दशैंसम्म हेर्ने हो भने नेपाली खेलकुदमा क्रिकेट खेलाडीको प्रर्दशन वर्चश्व रह्यो । अन्य थुप्रै खेलाडी पनि सफल भए । समग्रमा यो दशैंवर्ष हेर्ने हो भने यी ४ खेलाडीको लागि अझ विशेष र महत्वपूर्ण सावित भयो ।
सन्दीप लामिछाने
लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टिममा मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पनि सनसनई मच्चाई रहेका छन् । पछिल्लो एक वर्षमा नेपाललाई डिभिजन टु हुँदै वान डे मान्यता दिलाउन सन्दीपको प्रर्दशन निकै महत्त्वपूर्ण रह्यो । सन्दीप नेपालमा मात्र होइन विश्वका चर्चित लिगहरुमा पनि सानदार प्रर्दशन गर्दै आएका छन् । विश्वका चर्चित आईपीएल,क्यारेवियन प्रिमियर लिग,क्यानडा प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप अफगानिस्तान प्रिमियर लिग हुँदै अन्य लिगमा पनि अनुबन्ध हुने क्रम जारी छ ।

पछिल्लो एक वर्षमा सन्दीप अन्तर्राष्ट्रिय लिग खेलेरै करोडपती बनेका छन् । सन्दीपको क्षमता नेपाली क्रिकेटको स्तर भन्दा धेरै माथिको रहेको छ । सोझो अर्थमा टेस्ट खेल्ने खेलाडी र सन्दीपको स्तर एउटै हो भन्दा कुनै फरक नपर्ला । सन्दीप पछिल्लो एक बर्षमा लिष्ट ए ,वान डे र टी–२० क्रिकेटबाट नेपालबाट सर्वाधिक विकेट लिने बलर पनि हुन् । पछिल्लो एक बर्षमा उनले हात पारेको सफलता हेर्ने हो भने यो दशैंवर्ष सन्दीपको लागि सबै भन्दा बढि सफल र महत्त्वपूर्ण रह्यो ।
करण केसी
नेपाली टोलीका तीव्र गतिका बलर करण केसीलाई यस वर्ष बलिङ भन्दा पनि ब्याटिङले चर्चाको शिखरमा पुर्याइदियो । करणको अविश्वसनिय प्रर्दशनले नै नेपालले पहिलो पटक चार बर्षको लागि वा डे मान्यता पाएको हो । वान डे मान्यताको कुरा गर्दा सबै भन्दा पहिला करण केसीको नै नाम आउने गर्दछ । डिभिजन टु को अन्तिम खेल फागुन २ मा नेपाल क्यानडासँग भिडिरहेको थियो । जुन खेल जिते नेपाल एक दिवसिय विश्वकप छनोट खेल्न पाउथ्यो । हारे डिभिजन २ मा नै रहनु पथ्र्याे । क्यानडाले दिएको १ सय ९६ रनको लक्ष्य पक्ष्याएको नेपाल ४२ ओभरमा १४४–९ को स्थितीमा पुगेको थियो ।

क्रिकेट फ्यानले मात्र होइन स्वयं पेभिलिएनमा बसेको नेपाली टोलीले पनि हार स्विकार गरि सकेका थिए । क्यानडाका खेलाडी मैदान बाहिर जीतको खुसि मनाइसकेका थिए । तर करणले अविश्वसनिय ब्याटिङ गर्दै अन्तिम बलमा नेपाललाई १ विकेटको सनसनीपूर्ण जीत दिलाए । करणले जीत दिलाउनको लागि मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रनको नट आउट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको थियो ।
करणले जादुमय ब्याटिङ गर्न नसकेको भए नेपाली क्रिकेट ४ बर्षको लागि अध्यारो गतिमा ओरालो लाग्ने निश्चित थियो । अर्थात अहिले पाएको वान डे पाउने थिएन । करण र फ्यानलाई यो प्रर्दशन सधैँ भरी अविस्मरणिय बन्ने छ । करणको लागि अझ झनै विशेष र जीवनकै सबै भन्दा बढि महत्वपूर्ण रहन सफल भयो ।
सुनिल बल
सुनिल बल नेपाली फुटबल टोलीका उदाउँदा २० बर्षिय मिडफिल्डर हुन् । थ्रि स्टारबाट घरेलु लिग खेल्ने बल पछिल्लो समय निकै चर्चामा रहेका छन् । एक महिना अघि बंगलादेशमा सम्पन्न साफ च्याम्पियनशिप फुटबलमा नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि दोस्रो खेलमा भुटानबीरुद्ध जित्नै पर्ने दबाव थियो । नेपाल पराजित भए सेमिफाइनल यात्रा बन्द हुने थियो । दोस्रोे खेलमा प्रशिक्षक बालगोपाल महर्जनले पहिलो रोजाईमा सुनिल बललाई मैदानमा उतारे ।

नेपालले भुटाननाई ४–० ले पराजित गर्यो त्यसको नायक सावित भए बल । सुनिलले १ गोल आफैले गर्दा अन्य २ गोलका लागि उत्कृष्ट पास दिएका थिए । एन्फा एकेडेमीबाट उत्पादीत बल को गृहजिल्ला हेटौँडा हो । बलले यो बर्ष टिममा कम अवसर पाए तर पाए जतीका सबै अवसर भरिपूर्णरुपमा सदुपयोग गर्न सके । मोफसलका प्रतियोगिताहरुमा थ्री स्टारका लागि पनि उनले महत्त्वपूर्ण प्रदर्शन गर्दै आएका छन् । बलका लागि पनि यो दशैंबर्ष निकै महत्वपूर्ण सावित भयो ।
दिपेन्द्रसिंह ऐरी
नेपाली टोलीकको भविष्यको कप्तानका रुपमा हेरिएका दिपेन्द्र सिंह ऐरी भरपर्दा अलराउण्डर हुन् । ऐरीलाई पारस खड्का पछिको कप्तानको रुपमा हेरिएको छ । मिडिल अडरमा ब्याटिङ गर्ने ऐरीले टिमको आवश्यकता र परिस्थीति अनुसार आक्रमक र रक्षात्मक दुबै ब्याटिङ गर्ने गर्दछन् । साथै पार्टटाइम स्पिन बलिङ पनि गर्छन् । घरेलु तथा यू–१९को सफल कप्तानीको भूमिका निर्वाह गरि सकेका ऐरीलाई भविष्यको राष्ट्रिय टिममको कप्तानको रुपमा हेरिएको छ ।

तस्बिर : रमण सिवाकोटी
मलेसियामा सम्पन्न गत संकरणको यू–१९ एसिया कपमा भारतीय यू–१९ टोलीलाई १९ रनले पराजित गर्दै नेपाल पहिलो पटक ऐतिहासिक सफलता दिलाउन ऐरीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेका थिए । कप्तान ऐरीले उक्त खेलमा ८८ रन प्रहार गर्नुका साथै महत्वपूर्ण ४ विकेट लिएका थिए । ऐरी यू–१९ र घरेलु प्रतियोगिता मात्र होइन राष्ट्रिय टोलीमा पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपाललाई डिभिजन टु हुँदै वान डे मान्यता दिलाउन देखी पहिलो वान डे खेल जिताउन सम्म ऐरीको प्रर्दशन महत्त्वपूर्ण रहेको छ ।
गत मार्च १५ मा जिम्बाब्वेमा एक दिवसिय विश्वकप छनोटमा पप्पुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै वान डे मान्यता प्राप्त गर्न ऐरीको प्रर्दशन निकै महत्वपूर्ण रहेको थियो । जुन खेलमा ऐरीले ब्याटिङमा ५० रन र बलिङमा ४ विकेट लिएका थिए । पछिल्लो एक बर्षमा ऐरी हरेक खेलमा राम्रो प्रर्दशन गरि रहेका छन् । नेपाली टोलीका महत्वपूर्ण अलराउण्डर बनि सकेका ऐरीको पछिल्लो एक बर्षको प्रर्दशन र टिमलाई दिलाएको सफलता हेर्ने हो भने यो दशैंवर्ष निकै महत्त्वपूर्ण रह्यो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]