default_image

7 years ago

October 18, 2018

‘रोनाल्डो ल्याएपछि मलाई लखेटे’ – फरवार्ड गोन्जालो हिगुआइन

135 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि क्लबले उनलाई अन्यत्र लखेटेको बताएका छन् । गोन्जालो अहिले लोनमा एसी मिलानबाट खेलिरहेका छन् ।

 सन् २०१६ मा नेपोलीबाट ९ करोड युरोमा युभेन्ट्स आएका उनले दुई सिजनमा ४० लिग गोल गरेका थिए । क्लबले लिग उपाधिमा लगातार कब्जा जमाएपनि लक्ष्य बनाएको च्याम्पियन्स लिगमा भने अपेक्षित नतिजा हात पर्न सकेन । युभेले च्याम्पियन्स लिग जित्नका लागि नै रोनाल्डोलाई सिजनको सुरुवातमा भित्र्याएको थियो । यसैपनि बलियो रहेको युभेको टोली रोनाल्डोको आगमनपछि थप बलियो भएको हो ।

रोनाल्डोको आगमनपछि भने हिगुआइन टोलीका लागि वैकल्पिक फरवार्डको रुपमा आए । क्लबले उनलाई अन्य विकल्प खोज्न पनि लगायो । हिगुआइनले क्लबमै रहने इच्छा देखाएपनि उनी एसी मिलान पुगे । अहिले लोनमा रहेपनि सिजनको अन्त्यमा उनी स्थायी रुपमा मिलानको खेलाडी हुनेछन् । उनले क्लब छोड्ने इच्छा नराखेपनि क्लब छाड्नुपर्दा दुख लागेको बताएका छन् ।

‘मैले क्लब छाड्छु भनेको थिइन । कसैले पनि त्यस क्लब छोड्न चाहँदैन । मलाई क्लबबाट बाहिर निकालियो । म भाग्यमानी छु कि मैले मिलान जस्तो क्लब पाएँ । यहाँ आउने बितिक्कै मैले निकै सम्मान र माया पाएको छु,’ हिगुआइनले भने ।

‘ क्लबले एक्कासी रोनाल्डोलाई अनुबन्धन गर्यो । मेरो भूमिका उनी आएको दिन नै सकिएको रहेछ । मैले क्लबको लागि धेरै मिहिनेत गरें । उपाधि पनि जिताएँ,’ उनले थपे, ‘तर रोनाल्डो आएपछि क्लबले मलाई स्तर माथि उकास्ने भएका कारण अन्यत्र जान भन्यो । मेरो लागि मिलान आउनु नै उचित निर्णय भयो ।’

हिगुआइनले मिलानमा पनि राम्रो सुरुवात गरेका छन् । लिग तालिकामा क्लबको स्थान भने त्यति राम्रो छैन । ‘हामी ल्गिमा अझै माथि हुनुपर्ने टोली हौँ । त्यसबाहेक अन्य सबै पक्षमा म खुसी नै छु । व्यवसायिक र मानसिक रुपमा म मिलानमा ठिक छु । प्रशिक्षक जेनारो गाटुसोले पनि मलाई निकै सहयोग गरेका छन् ।’

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.