7 years ago
October 19, 2018
एजेन्सी – जमैकाका कीर्तिमानी धावक युसेन बोल्ट हाल फुटबलमा करियरको बाटो खोज्दैछन् । ८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्ट ट्रयाकबाट सन्यास लिएसँगै व्यावसायिक फुटबलमा स्थान बनाउन प्रयासरत छन् ।
पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट प्रशिक्षण लिएका जमैकन धावक बोल्ट हाल अस्ट्रेलियाको सेन्ट्रल कोस्ट मारिनार्ससँग ट्रायलमा छन् । भर्खरै मात्र ३२ वर्षीय बोल्टले अस्ट्रेलियाको क्लबबाट प्रि-सिजन खेलमा दुई गोल गरेका थिए ।
उनले हालै माल्टाको लिग विजेता भलेटा एफसीको प्रस्ताव अविकार गरेका छन् । ‘बोल्टले माल्टाबाट आएको यो प्रस्ताव अस्विकार गरेका छन्”, उनका एजेन्ट रिकी सिम्सले बताए । उनलाई भलेटाबाट दुई वर्षको लागि अनुबन्ध गर्ने प्रस्ताव आएको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]