7 years ago
October 19, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले लुइस स्वारेजको कमी पुरा गर्न लिभरपुलबाट रोबर्टो फर्मिनोलाई भित्राउने प्रयास गर्नेछ।
लुइस स्वारेजको बढ्दो उमेर र घट्दो फर्मका कारण बार्सिलोनाले २७ वर्षे लिभरपुलका फरवार्ड फर्मिनोलाई स्वारेजको विकल्पको रुपमा हेरेको छ। यो सिजन सोचेअनुरुप प्रदर्शन गर्न नसकेका स्वारेजको भूमिका निर्वाह गर्न बार्सिलोनाले विकल्प खोज्न थालेको हो। फर्मिनो भने लिभरपुलको अग्रपंक्तिमा मेरुदण्डको रुपमा हेरिदै आएका छन्।
सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा आबद्ध उरुग्वेका फरवार्ड स्वारेजले ला लिगामा १ सय ३८ खेलमा १ सय १३ गोल गरेका छन्। उनले यस सिजन ८ खेलमा ३ गोल मात्र गरेका छन्। फर्मिनो भने २०१५ मा लिभरपुलमा आबद्ध भएयता १ सय ११ खेलमा ३८ गोल गरेका छन्। उनी सहकर्मीहरुलाई गोल गर्ने अवसर सिर्जना गर्ने खेलाडीको रुपमा चिनिदै आएका छन्।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]