7 years ago
October 22, 2018
वासिंगटन (एजेन्सी) – एमएलएसमा गोलको लयलाई कायम राख्दै म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व स्ट्राइकर वायन रुनीले डिसी युनाइटेडको जितमा २ गोल गरेका छन् ।
रुनीको आगमन अघि कन्फरेन्सको पुछारमा रहेको डिसीले न्यूयोर्क सिटी विरुद्धको यो जितसँगै प्लेअफमा स्थान बनाउन सफल भएको छ । पछिल्लो पटक २०१५ मा प्लेअफमा स्थान बनाएयता डिसीको यो पहिलो सफलता हो । डिसी पछिल्लो ९ खेलमा अपराजित छ, जसमध्ये ५ खेलमा जित निकालेको छ ।
रुनीले एमएलएसमा डिसी युनाइटेडबाट १९ खेलमा १२ गोल गरिसकेका छन् । घरेलु मैदानमा रुनीले खेलको आठौं मिनेटमा डिसीलाई अग्रता दिलाए । २४ औं मिनेटमा लुसिआनो अकोस्टाले घरेलु टोलीको अग्रता दोब्बर गरे ।
युनाइटेडका कीर्तिमानी फरवार्ड रुनीले ७४ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै डिसीको जित निश्चित गरेका थिए । भ्रमणकारी न्युयोर्कका लागि ७८ औं मिनेटमा बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिल्लाले गोल गरेपनि त्यसले टोलीको हार टरेन ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]