7 years ago
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको मनोनयमा परेको छ ।
अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि गरेको उनलेको गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेकोहो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको अवार्डमा सिग्नेचर मनाङ मस्र्याङ्दीका पूर्व मिडफिल्डर पर्न सफल भएका छन् ।
वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध सुभलले २ गोल गरेपछि उनको टोली त्यो खेलमा ४–३ ले पराजित भएको थियो । उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने विजेता हुनेछ । अस्ट्रेलियन समय अनुसार अक्टोबर २४ मध्यरात ११ः४९ बजे सम्म भोट गर्न सकिनेछ ।
सुलाभलाई भोट गर्न यँहा क्लिक गर्नुहोस।
हेर्नुहोस सुलभको गोल
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]