7 years ago
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आइतबार पाकिस्तानलाई ९-० ले हरायो । तर फराकिलो जितका बाबजुद प्रशिक्षक हरिओम श्रेष्ठ अग्रपंक्तिको प्रदर्शनबाट सन्तुष्ट देखिएनन ।

पाकिस्तानमाथि जित निकाले पनि प्रशिक्षक हरिओम श्रेष्ठले खेलाडीको प्रदर्शनमा असन्तुष्टि पोखे । ‘नियमित तथा मुख्य स्ट्राइकर रेखा पौडेल (दोहोरो पहेंलो कार्ड) को अभावले हामीले जति सोचेको जस्तो गोल निस्किएन । खेलाडीहरुले पहिलो हाफमा आफ्नो खेल्न सकेन,’ खेलपछि प्रशिक्षक श्रेष्ठले भने, ‘नतिजा जितकै आएको छ । यो जितले हामी अर्काे चरणमा पुग्न सफल भएका छौं । दोस्रो चरणमा हामीले बलियो प्रतिद्धन्द्धीसँग खेल्नुपर्ने हुन्छ । यसका लागि हामी कठिन मिहेनत गर्नुपर्ने हुन्छ ।’
पाकिस्तानका प्रशिक्षक मोहम्मद सिद्धिके शेखले नेपालसँग स्वभाविक हार बेहोरेको बताए । ‘हामी अघिल्लो महिनाको साफ च्याम्पियनसिपमा १२–० ले पराजित भएका थियौं । हामीले अघिल्लो खेलमा भन्दा नेपालविरुद्ध राम्रो खेल्यौं । नेपालविरुद्धको खेल प्रतियोगिताको उत्कृष्ट खेल बन्यो,’ प्रशिक्षक मोहम्मदले भने, ‘हामीले नेपालविरुद्ध गोलका अवसर पनि सिर्जना गर्यौं । तर, गोल गर्न सकेनौं । आजको खेलबाट सन्तुष्ट छु ।’ उनले विना कुनै तयारी थाइल्यान्ड, भारत र नेपाललाई पराजित या बराबरीमा रोक्न नसकिने बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]