7 years ago
October 28, 2018
वर्नली (एजेन्सी) – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लन सफल भएको हो ।
चेल्सीले एक खेल कम खेलको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २६ अंक छ । समान खेलबाट चेल्सीले २४ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको २३ अंक छ ।
बर्नलीको घरेलु मैदानमा चेल्सीलाई जिताउन अल्भेरो मोराटा, रोज बार्क ली र विलियनले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा चेल्सीले २२औं मिनेटमा मोराटाको गोलबाट अग्रता बनाएको थियो । रोज बार्क लिको वान टच पासलाई मोराटाले डि–बक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ५७ औं मिनेटमा बार्क लि ले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । एङ्गोलको कान्टेको पासमा तीन डिफेन्डरलाई कटाएर रोजले गोल गरेका थिए । ६२औं मिनेटमा विलियनले गोल थपेपछि चेल्सीले खेलमा ३–० को अग्रता लिन सफल भयो । विलियनले रोजकै पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि इन्जुरी समयमा लफ्टस चिकले गोल गर्दै चेलसीलाई ४–० को फराकिलो जित दिाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]