7 years ago
October 29, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-१ को फराकिलो जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुग्यो भने १० खेल सकिंदा रियलसँग ७ अंकको अग्रता पनि कायम गर्यो ।

सन् २०१०/११ मा जोसे मोउरिन्हो रियलको प्रशिक्षक छँदा बार्सिलोनाले ५-० ले जितेको थियो । त्यसपछि पहिलो पटक बार्सिलोनाले रियलविरुद्ध ५ गोल गरेको हो । कप्तान लिओनेल मेसीको अनुपस्थितिमै बार्सिलोना लुइस सुआरेजको ह्याट्रिक तथा फिलिपे कोउटिन्हो र आर्टुरो भिडालको गोलमा विजयी भयो । यता क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाडेर युभेन्ट्स गएपछि रियल समस्यामा छ । आक्रमणमा फितलो भएको म्याड्रिड क्लबले डिफेन्समा पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।
आइतबार बार्सिलोनाले रियललाई ५-१ ले पराजित गर्दाका मुख्य तीन कारण :
उत्कृष्ट पहिलो हाफ

खेलको सुरुवातदेखि नै बार्सिलोनाले बल पोसेसन राख्ने परम्परागत शैली अपनाउँदै राम्रो लय पक्डीयो । कोउटिन्होले ११ औं मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुवात दिलाए । पहिलो हाफको आधा घण्टा पुग्न लाग्दा लुइस सुआरेजलाई राफेल भारानले पेनाल्टी क्षेत्रभित्र लडाए । जवाफमा सुआरेजले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । आक्रमणमा तीव्र देखिएको बार्सिलोना मिडफिल्डमा बल राख्ने र क्लियर गर्न पनि कमजोर देखिएन । रियलले भने पहिलो हाफमै बिरलै गोलरक्षकलाई बचाउ गर्न मुस्किल बनायो ।
सुआरेजको ह्याट्रिक
पछिल्लो समय खस्किएको प्रदर्शन र गोलको खडेरीका कारण सुआरेज आलोचनाको पात्र बन्दै आएका थिए । तर उनले आफ्नो पुनरागमन देखाउन विश्वकै सबैभन्दा प्रतिक्षित खेल पाए । उनले खेलमा निकै राम्रो प्रदर्शन गरे । गोल गर्ने मात्र नभएर उनले टोलीको मुभमा साथ दिने र डिफेन्समा पनि उत्तिकै मिहिनेत जारी राखे । उनले आधा घण्टामा पेनाल्टी गोल गर्दै गोलको खाता खोलेका थिए ।

दोस्रो हाफमा सर्जी रोबर्टोसँग समन्वय गरेर उनले दुई गोल गर्न सफल भए । क्रसमा आएको बललाई उत्कृष्ट ढंगले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाएका सुआरेजले चिप गोल मार्फत ह्याट्रिक पूरा गरे । त्यस गोललाई पनि रोबर्टोले पास दिएका थिए । त्यसपछि पनि उनले प्रहार गरेको सट क्रसबारमा लगेर फर्किएको थियो । एक फरवार्डका लागि सपनाको खेल खेल्दै उनले अन्तिममा एल क्लासिकोको म्याच बल लिएर घर फर्किए ।
सम्पूर्ण टोलीको एकतृत प्रदर्शन
नियमित कप्तान लिओनेल मेसीको अनुपस्थितिमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । सुआरेजले ह्याट्रिक गर्दा कोउटिन्होले पनि अविस्मरणीय प्रदर्शन गरे । जोर्डी अल्बा र सर्जी रोबर्टोले डिफेन्ससँगै आक्रमणमा पनि उत्तिकै छरितो रुपमा सहयोग गरे । मिडफिल्डमा आर्थरसँगै बुस्केट्स, राफिन्हा र राकीटिचको प्रदर्शन राम्रो रहयो । समग्रमा हरेक बार्सिलोनाका खेलाडीले एकतृत भएर खेले । मेसीको अनुपस्थितिमा निडर भएर उत्रिएका बार्सा खेलाडीले दर्शकदिर्घामा रहेका आफ्नो कप्तानलाई औधि नै खुसी बनाए ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]