default_image

7 years ago

October 29, 2018

म्यानचेस्टर युनाइटेडद्धारा एभर्टन पराजित

83 views

0 Bookmark

ओल्डट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा पल पोग्वा र एन्थोनी मार्सियलले गोल गरे । एभर्टनका गिल्फी सिगुर्डसनले सान्त्वना गोल फर्काए ।  घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो । युनाइटेडका पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

इड्रिसा गानाले मार्सियललाई डि–बक्समा लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । पोग्वाको पहिलो प्रहार एभर्टनका गोलरक्षक जार्डन पिकफोर्डले बचाएपनि रिवाउन्डमा पोग्वाले कुनै गल्ती गरेनन् । पहिलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफको शुरुमै अग्रता दोब्बर पा¥यो । ४९औं मिनेटमा पल पोग्वाको पासमा एन्टोनी मार्सियलले गोल गरेका थिए ।

७७औं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै खेललाई २–१ को अन्तरमा ल्याउदै खेलमा फर्काउने संकेत देखाएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले  विजयी हुन सफल भयो ।

जितपछि युनाइटेड १७ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । १५अंकसहित एभर्टन नवौं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.