default_image

7 years ago

October 29, 2018

स्थगित ‘ए’ डिभिजन लिग मंसिर १ देखि

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर १ ‘ए’ डिभिजन लिग मंसिर १ बाट शुरु हुने शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फाइल तस्बिर ।

गत महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली टोलीले भाग लिने क्रममा लिग स्थगित गरिएको थियो ।एन्फाले बुधबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिग मंसिर १ गतेबाट पुनः सुरु हुने जानकारी गराएको हो ।

एन्फाले १०औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । १ चरणको खेल भने दशै अघि सम्पन्न भैसेकेको छ ।नयाँ तालिकाअनुसार दोस्रो राउन्डको पहिलो खेलमा उपाधिको दावेदार सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ ।

खेल हल्चोकस्थित एपिएफ रंगशालामा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच दिउसो २: ३० बजे खेल हुनेछ ।

दोस्रो चरणको दोस्रो खेलमा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सोही दिन ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

दोस्रो राउन्डको तेस्रो दिन तीन खेल हुनेछ । जावलाखेल र संकटा, फ्रेन्डस् क्लब र एपीएफ र हिमालयन शेर्पा र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.