default_image

7 years ago

October 31, 2018

इन्डोनेसियामा रोहितको टोलीलाई सफलता

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ । मंगलबार बारिटो पुटेरालार्ई ३–० ले हराउँदै रोहितको टोली लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

पर्सिजाको जितमा मार्को सिमिकले २ र सितेयवान नोभ्रीले १ गोल गरेका थिए । सिमिकले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पर्सिजालाई अग्रता लिएका थिए । पहिलो हाफको इन्जुरी समयमा सितेयवानले गोल गरेपछि पर्सिजाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । सितेयवानको गोलमा रोहितले पास मिलाइदिएका थिए । ७४ औं मिनेटमा सिमिकले अर्को गोल थपेका थिए ।

२८ खेलमा पिएसमए ५० अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेलक कम खेलेको पर्सिजाको ४८ अंक छ । बंगलादेशमा भदौंमा आयोजना भएको साफ च्याम्पियनसिपमा भाग लिएर रोहित त्यहिबाट इन्डोनिसिया गएका थिए । त्यसपछि बंगलादेशमै असोजमा भएको बंगबन्धु गोल्ड कपमा भने रोहित र राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ टोलीमा फर्केनन् ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.