7 years ago
October 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीन पुगेको नेपाली महिला राष्ट्रिय टोलीका ५ खेलाडी स्वदेश फर्कने भएका छन् । कार्तिक ९ गते चीन प्रस्थान गरेको टोलीमा २२ खेलाडी रहेका थिए ।

दिपा अधिकारी र शर्मिला थापा
त्यसमध्येका पाँच खेलाडी लिला लाम्गादे, इन्दिरा राई, शर्मिला थापा, मेनुका गिरी र दीपा अधिकारी शुक्रबार स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ । शर्मिला यसअघि राष्ट्रिय टोलीकी नियमित सदस्य थिईन भने दीपाले साफ च्याम्पियनसिपमा खेलेकी थिईन । शुक्रबार नै यू १९ का तीन खेलाडी सदस्यमा अन्जना रानामगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन राष्ट्रिय टोलीमा आबद्ध हुन म्यानमार जाने भएका छन् ।
राष्ट्रिय टोलीका बाँकी खेलाडी चीनबाट शुक्रबार नै म्यानमार जाने बताइएको छ । नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।
हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]