7 years ago
November 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यु–१५ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज आयोजक नेपाली टोलीले पाकिस्तानको सामना गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा खेल दिउसो २ः३० बजे शुरु हुनेछ । घरेलु टोली नेपाल पाकिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने योजनामा मैदान उत्रनेछ । नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको बताएका थिए ।
नेपाल प्रतियोगिताको गतवर्षको उपविजेता हो । गतवर्ष नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । यसपटक नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको नेपालले दोस्रो बंगलादेशसंग २–१ ले पराजित भएको थियो ।
पाकिस्तानले पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाकिस्तानले प्रतियोगितामा सोचेभन्दा पनि राम्रो प्रदर्शन गरिरहेको छ । उपाधिको बलियो दाबेदार मानिएको भारतलाई २–१ ले हराएको पाकिस्तानले अर्को खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]