default_image

7 years ago

November 1, 2018

बंगलादेश साफ यू १५ को फाइनलमा

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश राजधानीमा जारी साफ यू १५ च्याम्पियनसिप फुटबलको फाइनल पुगेको छ । भारतलाई बिहीबार पेनाल्टीमा ४–२ ले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

बंंगलादेशले नेपाल र पाकिस्तानमध्ये एकसँग शनिबार फाइनल खेल्नेछ । नेपाल र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल आजै हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बंगलादेशले खेलमा पछि परेको अवस्था उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

भारतले खेलमा लिएको अग्रता जोगाउन सकेन । बंगलादेशले खेलको अन्त्यतिर बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुट आउटमा पुर्याएको थियो । खेलको १७ औं मिनेटमा पट्रे हर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा भारतका खेलाडीले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि बंगलादेशले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई आशिकुर रहमानले गोल गर्दै खेल १ – १ को बराबरीमा पुर्याएका थिए । निर्धारित ९० मिनेटको खेलपछि सोझै भएको पेनाल्टीमा बंगलादेशले बाजी मारेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.