7 years ago
November 1, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले अर्धशतकीय इनिङ्स खेल्दै चौथो विकेटका लागि शतकीय साझेदारी गरेपछि एक्सपर्ट धनगढी ब्लुजले जितका लागि बुटवल ब्लास्टर्सलाई १ सय ६२ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको हो । खराब सुरुवात गरेको धनगढीका लागि दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले चौथो विकेटको लागि १ सय ८ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्र रनमा ५६ नटआउट रहे । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लरेन्स ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे ।
त्यसअघि पिटर ट्रेगोले १४ जोडेका थिए । ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०-१० रन जोडे । बुटवलका लागि पोखरेली खेलाडी विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र अविनाश बोहराले १ विकेट लिए । यो खेलमा जित हात पारे धनगढीले प्ले अफलाई सम्भावना बलियो बनाउनेछ । हार बेहारेको अवस्थामा भने धनगढीको सम्भावना न्युन रहनेछ । बुटवलले जित हात पारे प्ले अफमा स्थान बनाउनेछ ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]