default_image

7 years ago

November 2, 2018

मेसीले ४० वर्षको उमेरसम्म खेल्नेमा जाभी विश्वस्त

130 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज सुपर स्टार लियोनल मेसीसँग निकै प्रभावित छन् । मेसीको क्षमताकै आधारमा उनी ४० वर्षको उमेरसम्म पनि खेल्न सक्ने जाभीको विश्वास छ ।

कतार जानुअघि मेसीसँग दशक भन्दा लामो समय बार्सिलोनामा बिताएका जाभी भन्छन्, ‘मेस्सी मानसिक रुपमा निकै बलियो छन् र उनलाई कसैसँग तुलना गर्न मिल्दैन ।’

‘कहिले काँही मलाई लाग्छ मेसी ३८, ३९ वा ४० वर्षको उमेर सम्म पनि खेल्न सक्नेछन्,’ एक रेडियो अन्र्तवार्ताका क्रममा जाभीले भने, ‘उमेर बढ्दै जाँदा खेलाडीले आफ्नो ठाँउ गुमाउँन सक्छन् । तर मेसी फरक खेलाडी हुन् । उनी मानसिक रुपमा निकै बलिया छन् । उनको तुलना हुन सक्दैन ।’

जाभी र मेसीसँगै बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग, ८ वटा ला लिगा र ३ वटा कोपा डेल रे उपाधि जितेका थिए । सन् २०१४÷०१५ को सिजनको समाप्तीसँगै स्पेनिस जाभीले क्याम्प नोउ छाड्ने निर्णय गरेका थिए । उनी अहिले कतारी लिग क्लब अल सादमा आबद्ध छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.