default_image

6 years ago

November 2, 2018

एल क्लासिकोका कारण एम्बाप्पेलाई कारबाही

17 views

0 Bookmark

प्यारिस (एजेन्सी) – मार्सेविरुद्धको खेलमा फ्रान्सेली यूवा खेलाडी किलियन एम्बाप्पेलाई प्रशिक्षक थोमस टुचेलले सजाय स्वरुप पहिलो रोजाईमा नराखेको खुलासा भएको छ ।

bappe

मार्सेविरुद्धको खेलमा टिम मिटिङ्गमा ढिला आएका कारण एम्बाप्पेसँगै एड्रिएन रेबियटलाई प्रशिक्षकले बेञ्चमा राखेका हुन् । उक्त गल्तीलाई परिपूर्ती गर्दै एम्बाप्पे बेञ्चबाट मैदान प्रवेश गरेर गोल गर्न सफल भए । उनी ढिला हुनुको कारण स्पेनिस लिगको प्रसिद्ध ला लिगा खेल एल क्लासिको रहेको डेली मेलले जनाएको छ । दुवै एम्बाप्पे र रेबियटले एल क्लासिको हेरेर खेल अघिको  टिम मिटिङ्गमा ढिला भएपछि प्रशिक्षक टुचेलले उनीहरुलाई बेञ्चमा राखेको डेली मेलले जनाएको छ ।

नेयमारले पनि प्रशिक्षकको उक्त निर्णयलाई समर्थन गरेका छन् । ‘क्लबमा केही नियमहरु छन्, त्यसलाई सबैले पालाना गर्नुपर्छ’, नेयमारले भने। उक्त खेलमा सुरुआत गर्न नपाएपछि एम्बाप्पे निराश देखिएका थिए । खेल अघि वार्म अपमा उनलाई जियानलुइगी बुफोनले सम्झाएको देखिएको थियो।

Buffon

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.