7 years ago
November 2, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियमका प्ले मेकर केभिन डि ब्रुयन फेरि मैदान बाहिर रहने भएका छन् ।

कारवाओ कप अन्तरगत फुलहमविरुद्ध २–० ले जित निकालेको खेल दौरान ब्रुयन खेल सकिन ५ मिनेट बाँकी रहँदा घाइते हुदै मैदान बाहिर जानुपरेको थियो ।
उनी फुलहमका टिमोथी फोसु मेन्साहासँग ठोक्किदा चोट बोक्न पुगेका थिए । उनको बाया खुट्टामा चोट बोकेका थिए । उनी दुई साताअघि मात्रै मैदान फर्किएका थिए । तर, उनको पूनरागमन सुखद रहेन । चोटपछिको ब्रुयनको यो तेस्रो खेल थियो । उनी घुडाको लिगामेन्टमा देखिएको समस्याका कारण दुई महिना मैदान बाहिर रहेका थिए ।
उनले च्याम्पियन्स लिग अन्तरगतको साख्तर डोनेक्सविरुद्धको खेलबाट पुनरागमन गरेका थिए । टोटनहमविरुद्धको जितमा ब्रुयनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
उनको चोट कति गम्भीर हो, त्यसबारे मेडिकल रिपोर्टपछि मात्रै जानकारी हुने बताइएको छ । उनको चोटबारे अहिले डक्टरहरुले परीक्षण गरिरहेका छन् ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ब्रुयनको चोट के कति हो त्यो अहिल्यै भन्न नसकिने बताएका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]