7 years ago
November 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीनबाट म्यानमार पुग्दैछ । छनोटको तयारीका लागि नेपाली टोली तीन वटा मैत्रीपूर्ण खेल खेल्नका लागि अघिल्लो साता चीन पुगेको थियो । बेजिङ फोनिक्ससँगको २ खेल ४–१ र २–१ ले गुमाएको नेपाली टोलीले बेजिङ युनिभर्सिटीलाई भने ३–१ हराएको थियो ।
नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।
हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् र हिराचन थकाली व्यवस्थापक छिन् ।अहिले चीन यात्रामा रहेका मध्ये ५ खेलाडी स्वदेश फर्कनेछन् भने यू १९ का ३ खेलाडी म्यानमार पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यू १९ का तीन खेलाडी अन्जना रानामगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन राष्ट्रिय टोलीमा आबद्ध हुन शुक्रबार म्यानमार जानेछन् । आजै चीन यात्रामा रहेका मध्येका पाँच खेलाडी लिला लाम्काडे, इन्दिरा राई, शर्मिला थापा, मेनुका गिरी र दीपा अधिकारी स्वदेश फर्कनेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]