7 years ago
November 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) –साफ यू १८ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले नगदसहित पुरस्कृत गरेको छ ।
नेपाली टोली भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि अक्टुबर ७ सम्म भएको च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो । फाइनलमा नेपाली टोली बंगलादेशसँग १–० ले पराजित भएको थियो । एन्फाका टोलीका २३ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्षहरु, महासचिव इन्द्रमान तुलाधरलगायतले खेलाडीलाई पुरस्कृति गरेका थिए ।
साफमा दोस्रो भएकै टोली हालै थाइल्यान्डमा भएको एएफसी यू १९ च्याम्पियनसिपको पहिलो चरण पार गर्न सफल भएको थियो । सो प्रदर्शनका लागि पछि छिट्टै पुरस्कृत गरिने एन्फा अध्यक्ष शेर्पाले बताएका छन् ।
राखेप सदस्य सचिव विष्टले पनि नेपाली टोलीले साफ र एएफसी छनोटमा गरेको प्रदर्शनको ंप्रशंसा गरेका थिए । उनले टोलीलाई सरकारबाट पनि सम्मान दिलाउन पहल गर्ने आश्वासन दिएका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]