7 years ago
November 2, 2018
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी ला लिगाअन्तर्गत शनिबार हुने बार्सिलोना र रायो भालेकानोबीच हुने खेलको सम्भावित टोलीमा परेका छैनन् । उनीसँगै ब्राजिलियन विंगर माल्कम पनि टोलीमा समावेश भएका छैनन् ।

अक्टोबर २० मा सेभिल्लाविरुद्ध खेल्दा हातमा चोट बोकेपछि मेसी मैदान बाहिर नै छन् । यद्यपी उनले केहि दिनयता प्रशिक्षणमा भने सहभागिता जनाइसकेका छन् । ‘ अहिले अलि हतार हुन्छ । उनी अझै ठिक हुने प्रक्रियामा छन्,’ प्रशिक्षक एर्नेस्टो भालभेर्डेले शुक्रबार पत्रकार सम्मेलनमा भने । उनले मंगलबार हुने च्याम्पियन्स लिगको इन्टरविरुद्ध खेलमा भने उनको सम्भावना रहेको बताए । त्यसका लागि आवश्यक परिक्षण गरेर खेल अघि फिटनेस टेस्ट लिएपछि मात्र उनको अवस्थामा निर्णय लिइने बुझिएको छ ।
मेसीको अनुपस्थितिका बाबजुद प्रशिक्षक एर्नेस्टोले ब्राजिलियन माल्कमलाई टोलीमा नसमेट्ने निर्णय लिएका छन् । माल्कमले बुधबार कल्चरल लिओनेसाविरुद्ध १-० को जितमा बार्सिलोनाको लागि सुरुवाती रोजाइमा रहेर डेब्यु गरेका थिए । उनीसँगै डेनिस सुआरेजले पनि टोलीमा स्थान बनाउन सकेनन् । यद्यपी युवा खेलाडी कार्लोस एलेना र चुमी भने टोलीमा समावेश छन् । बुधबारको खेलमा चोट बोकेका सर्जी साम्पर उपलब्ध छैनन् भने डिफेन्डरद्वय स्यामुएल उम्टिटी र थोमस भर्मालेन चोटका कारण मैदानबाहिर नै छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]