7 years ago
November 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले चौथो स्थानमा रहँदै साफ यू १५ च्याम्पियनसिप फुटबलको अन्त्य गरेको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाली टोली चौथो स्थानमा समित भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको १८ औं मिनेटमा थलेचु बनलरुटफेलाको गोलमा विजयी हुँदै भारतले तेस्रो स्थान प्राप्त गरेको थियो ।
दुई दिनअघि सोही मैदानमा भएको सेमिफाइनलमा नेपाली टोली पाकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
अर्को सेमिफाइनलमा भारत बंगलादेशसँग टाइब्रकेरमा पराजित भएको थियो । आजै हुने फाइनलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । फाइनल दिउँसो २ः३० बजे सुरु हुने बताइएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]