7 years ago
November 3, 2018
ललितपुर (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ए,बी र सी डिभिजन क्लबलाई फुटबल विकासमा लागि परेको भन्दै प्रोत्साहन रकम प्रदान गरेको छ ।
ललितपुरमा ५ ए डिभजिन, ४ बी डिभिजन र २ सी डिभिजन क्लब रहेका छन् । ए डिभिजनलाई बार्षिक ४ , बी लाई ३ र सी लाई २ लाख रुपैयाँ महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सम्बन्धित क्लबका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सोही अवसरमा गत वर्ष नकआउटका ११ वटा फाइनल खेल्दै ७ उपाधि जितेको रुस्लान थ्री स्टारलाई प्रत्येक उपाधिको ४ लाखका दरले थप २८ लाख रुपैयाँ प्रदान गरेको थियो । एउटा क्लबलाई मात्र नीतिगत निर्णय विना अधिक धनराशी दिएको देखिएकोले भन्दै बाँकी ४ वटा ए डिभिजन क्लबले भने कार्यक्रम बहिष्कार गरेका छन् । बहिष्कार गर्नेमा जालाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।
महानगरपालिकाले थ्री स्टालाई फुटबलका माध्यमबाट जिल्ला र देशको प्रतिष्ठा बढाउन भूमिका निर्वाह गरेको भन्दा विशेष सम्मान गरेको थियो । ३ पटकका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन थ्री स्टारले एक पटक राष्ट्रिय लिगको उपाधि जितेको थियो । देश भित्र आयोजना हुने अधिकांश नकआउट प्रतियोगिता पनि थ्री स्टारले जितिसकेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगद परिषद्ले नीतिगत निर्णय गरेर क्लबहरुलाई प्रोत्साहन रकम प्रदान गरेको बताएका छन् । ‘थ्री स्टारलाई मात्र धेरै रकम दियौ भन्ने उहाँहरुको भनाई देखियो,’उनले भने, ‘ तर त्यस्तो होइन, नीतिगत निर्णय सबै क्लबका लागि हो । आउने दिनमा अरु ए डिभिजन क्लबले जित्दा पनि प्रत्येक उपाधिको ४ लाख रुपैयाँका दर पुरस्कार दिन्छौं । यो महनगरपालिकाको रातो किताबमा उल्लेख भइसकेको छ ।’
मेयर महर्जनले ए डिभिजनका अन्य क्लबलाई प्रोत्साहन रकम लिएर जान आग्रह समेत गरेका छन् । ‘उहाँहरुका लागि हाम्रो ढोका सधै खुला छ ,’ उनले भने,‘ महानगरको इतिहासमा यो क्लबहरुलाई प्रोत्साहन रकम दिन सुरु भएको छ । भविष्यमा यसलाई अझै परिमार्जित गर्दै लैजान हामी तयार छौं । ’
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले महानगरपालिकाको कदमको सरहाना गर्दै क्लबहरुलाई रकम बुझ्न आग्रह गरेका थिए । ‘यो अन्यन्तै सकारात्मक कदम हो,’ उनले भने,‘क्लबहरुले यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । ’
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लबहरुलाई सहयोग गरेकोमा महानगरपालिकाका लागि धन्यवाद दिदै फुटबलका लागि एउटा रंगशाला निर्माणका लागि पनि आग्रह गरेका छन् । क्लबका तर्फबाट बोल्दै थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले महानगरपालिकाको प्रत्साहनले फुटबल विकासमा अझै लागि रहन प्रेरणा मिलेको बताएका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]