default_image

7 years ago

November 3, 2018

बंगलादेशलाई साफ यू १५ च्याम्पियनसिप उपाधि,नेपाल चौथो

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशले साफ यू १५ च्याम्प्यिनसिप फुटबलको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको फाइनलमा पाकिस्तानलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।

निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको थियो । बंगलादेशले सेमिफाइनलमा पनि टाइब्रेकरमा जितेको थियो ।पाकिस्तानका कप्तान हासिब अहमद खानको आत्मघाती गोलमा २५ औं मिनेटमा बंगलादेशले खेलमा अग्रता लिएको थियो ।

५५ औं मिनेटमा पाकिस्तान खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । मोहम उल्लाहले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । बंगलादेशका खेलाडीले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।

त्यसअघि नेपालले चौथो स्थानमा च्याम्पियनसिपको अन्त्य गरेको थियो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाली टोली चौथो स्थानमा समित भएको हो । खेलको १८ औं मिनेटमा थलेचु बनलरुटफेलाको गोलमा विजयी हुँदै भारतले तेस्रो स्थान प्राप्त गरेको थियो ।

दुई दिनअघि सोही मैदानमा भएको सेमिफाइनलमा नेपाली टोली पाकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो । अर्को सेमिफाइनलमा भारत बंगलादेशसँग टाइब्रकेरमा पराजित भएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.